Tuesday, March 31, 2009

LOVE UNEXPRESSED!!!

2005


It started…I don’t know when and how. It just started…My heart leaped up at a glance of him. When they saw him walking across our college, most students (specially girls) could not help but notice him. He was tall and lanky with Aryan look; he had beautiful black eyes just perfect on his fair complexion. His wet-silky black hair flipped back above his forehead and his eyebrows always cocked upward when he was in deep conversation with teachers, friends and everybody. He was tender, thoughtful, charming and profound. And one thing he never forgot to carry with him…SMILE. It was breathtaking.

------ I was scared of him. -------

I used to sit at the second front bench in classroom with my best friend Poo who sat next-left to me. One day I told her about my strange feelings for him and showed him to her. She looked at me with her loving eyes and teasing smile. From that day on, whenever he used to pass by us we looked at each other and giggle. Sometimes when only one of us saw him passing by we’d slightly give a push or pinch to another and we ‘d both look (pretending not) at him till he disappeared from our sight. Then we’d look at each other and give a sigh with smile. After sometime you could hear our giggly laughter again.

He scared me because he was a real heartthrob and brilliant. When I used to see him I don’t know what used to happen to me that my heart used to beat so fast and loud that I could feel my chest jumping and hear the every beat of my heart clearly. Once I was heading for my class when I suddenly found myself FACE TO FACE with him. My heart stopped. I don’t remember what I did but he stared me which I can say ‘a long stare’ then gave me a loving smile and walked away. I didn’t dare to look back at him. I stood there like a statue; I don’t know for how long. Later I was sitting in my class…still trembling with red-hot face.

I was an ambitious teenage girl. I had my own goal, own destiny and a dream to fulfill. And…and that was the reason why I was scared of him. My feelings for him was beyond friendship…and I was afraid thinking those feelings may mislead me and stop me from what I wanted to be. So, I suppressed my emotions that were for him…just for him. When I ignored them I felt enough pain in my heart. I used to burst in tears as it was so hard to control and the pain was unbearable. I used to cry myself to sleep every night. Anyway, I managed to go on for my ambition ignoring my emotions for him. But my eyes never stopped searching for just a glance of him.

Seven months after I had met him, he left college as he had completed his course. And I…I had to stay one more year to complete my course. –He was one batch senior than me. – Again, I went through the same emotional pain. Only the difference was that this one was more stronger and more painful than previous one.

Now, I’ve achieved my dreams and I am ready for the warm relationship with him and I suddenly realize that he has gone too far for me to reach. I have lost him. But still my eyes are searching for a glance of him in every crowd that passes by me or I pass by and my heart is beating for a warm nearness of him.

I wonder if he ever knew about it…

In closing, I’d like to offer you words from Barbara De Angelis. She wrote, “ You never lose by loving. You always lose by holding back.” If only I had told him that I loved him; he could have been standing on my side and I could have got everything I wished for because I would have the greatest boon of world - “His Love”.

Saturday, March 28, 2009

सुदूरपश्चिम ुफोटो प्रदर्शनीु एवं सांस्कृतिक उत्सव!

काठमाडौं - भित्र छिर्दाबिट्टिकै भित्तामा झुण्डाइएका सुन्दर हिमालका मनमोहक दृश्यहरु देख्दा लाग्थ्यो त्यहाँ ती फोटा आगन्तुकहरुलाई स्वागत गर्नका लागि राखिएका हुन् ।

कैलाश हिमाल देखि गुत्पाल शैपाल तपोवन शालिमार अनि बहुरानी हिमाल जस्ता सेतै हिउँले ढाकिएका सुदूरपश्चिमका सुन्दर हिमालहरुको सुर्यदय देखि लिएर सूर्यास्तसम्ममा देखिने सुन्दरतालाई टपक्क टिपेर काठमाडौंमा लिएको जस्तो सुदूरपश्चिमको ुफाटो प्रदर्शनीु त्रिपुरेश्वर स्थित बल्र्ड ट्रेड सेन्टरमा विहीवार देखियो ।

जति हेर् यो उती मन प्रशन्न बनाउँने प्रदशनीमा राखिएका विभिन्न हिमालका फोटोपछि अर्को खण्डमा राखिएका पहाडी अनि तराई जनजीवनका रंगीन क्षणहरुका फोटोहरुले पनि उत्तिकै प्रशंसा पाइराखेका थिए ।

प्रशंसा गर्ने भिडमा सुदूरपश्चिमको तल्कोट बेदकाली गाउँमा जन्मेका गायक नन्दकृष्ण जोशी पनि थिए । आ७३टज्ञद्धद्धण्सनो अगाडिका फोटालाई उत्साहित हुँदै निहालीरहेका जोशीले भावविभोर हुदै भने - ुसधंै म देउडावाट आ७३टज्ञद्धद्धण्सनो जन्मभूमिको याद गरेको थिएँ तर आज यी फोटोहरुबाट सिधै गाउँ पुगेझै लाग्यो

शैपाल हिमालबाट बगेर आएको सेतीगँगा नदी र सुरमा सरोवरबाट कलकल बग्दै लाएको बाउलीगाड नदी चैनपुरमा भेट भएर कणार्ली बनाउन सँगै बगेको फोटोले काठमाडौंमा दिनको १६ घन्टा लोडसेडिङ्को मार खेपिराखेकालाई अविस्वाशीलो टाउको हल्लाउन बाध्य बनाएको थियो । नजिकै झुण्डाइएका बजाङ्गी राजा जयपृथ्वी बहादुर िसंहको दरबारले इतिहास सम्झाइराखेको थियो भने शैलेश्वरी बैधनाथ त्रिपुरा सुन्दरी खप्तड जस्ता विभिन्न मन्दिरहरुले सुदूरपश्चिमलाई धार्मिक स्थलको रुपमा परिचित गराएको देखिन्थ्यो ।

अर्को पट्टिको भित्तामा राखिएका उग्रतारा मन्दिरको गाँज खेत जोत्दै गरेका हलिया घर लिप्दै गरेकी बुढी आमा आ-आ७३टज्ञद्धद्धण्सना भेषभुषामा सजिएर मुसुक्क मुस्कुराएका युवती छलियादेखि पुतला मारुनी मङ्ग्रहवा सखिया नाँच नाचिराखेका तरवार र ढाल बोकेर खड्ग र चौलो नृत्यद्वारा युद्ध कला प्रदशन गरिराखेका जिवन्त तस्विरहरुले सुदूरपश्चिमको जीवनशैली झल्काइराखेको थियो । यता पट्टिको खण्डमा भने सर्पजस्तो घुमेको पहलमान िसंह राजमार्गको दृश्यसँगै खप्तड राष्ट्रिय निकुाज र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पाइने सुन्दर सुनगाभादेखि घाँसेमैदानमा खेलिराखेका मृगको बथान र आकाशगंगामा पखेटा फिजाएर रमाइराखेका गिद्धका फोटाले दर्शकलाई फर्कि फर्कि हेर्न बाध्य बनाएको थियो ।

ुयी फोटाबाट मलाई सुदूरपश्चिम पुगेझै लागेको छ । कति राम्रो रहेछ भविष्यमा म त्यहाँ अवश्य घुम्न जाने छुु फोटो प्रदशनीमा रमाइराखेकी काठमाडौंबासी सरीता श्रेष्ठले भनिन् । उत्सवमा उनले सुदूरपश्चिमेलीे सांस्कृतिक नृत्यहरु र खानाका विभिन्न परिकार चाखेपछिमात्र घरतिर लाग्ने बताइन् ।

महोत्सवको अवलोकन गर्न राजधानिको त्रिपुरेश्वर स्थित बल्र्ड ट्रेड सेन्टरमा पुगेका पूर्व प्रधानमन्त्री शेरवहादूर देउवाले विहिवार महोत्सवको उद्घाटन गरेका थिए । ुयी फोटा हेरेर मलाई थाहा भयो म जन्मेको ठाउँ कति सुन्दर छ । मैले कति ठाउँ त घुमेकै रहेन छु । अचम्म लागिराखेको छु उनले फोटो प्रदर्शनीमा राखिएका फोटा हेर्दै भने ।

ुयस्तो सुन्दर क्षेत्रलाई सरकारले आउँदो भिजिट नेपाल - २०११ को लागि विशेष प्रचार-प्रसार गर्नुपर्छु देउवाले जोड दिदै थपे ।

यस ुसुदुरपश्चिम ुफोटो प्रदर्शनीु एवं सास्कृतिक उत्सवु विहीवारदेखि आउदो आइतवारसम्म लाग्नेछ । उत्सवमा थारुको धमाली नाँचदेखि बैतडीको थलिया अछामको भुवा हुड्के जस्ता विभिन्न स्थानिय सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिने र सुदुरपश्चिमका सबै किसिमका खानाका परिकार राखिने आयोजकले बताए ।

उत्सवका आयोजक कैलाली उद्योग वाणिज्य संघका महासचिव दिनेश राज भण्डारीले यस उत्सवले देशको विभिन्न भागमा सुदूरपश्चिमको प्रचार-प्रसार गर्नुका साथै यसका सम्भावनाका वारेमा उजागर गर्ने आशा व्यक्त गरे ।

प्रदर्शनीमा राखिएका फोटा पुस्तक र डीभीडिमा ५० प्रतिशत छुट दिइएको छ ।

Thursday, March 19, 2009

असरल्ल किताब!

स्मिता मगर

किताबको रासमाथि ध्वाँसो पोतिएजस्तो दृश्य देखिन्छ । धूलोले छोपेका किताब कतै डोरीले बाँधेर बन्डलमा राखिएका छन्, केही छरपस्ट । साझा प्रकाशनको पुल्चोकस्थित मुख्यालयको किताब गोदामको दृश्य हो यो जुन महिनौं र वर्षौंदेखि उस्तै छ ।

साझा प्रकाशनभन्दा बाहिरबाट बिक्रीका लागि ल्याइएका र थन्किएर बसेका पुस्तकमा निकै नाम चलेकादेखि नामै नसुनिएकासम्मको रास छ । बच्चैदेखि किताबलाई सरस्वती मानेर ढोग्ने बानी लागेका नेपाली पाठकलाई भित्ते र्‍याकमा पुस्तक तल्र्याङ्तुर्लुङ झुन्डाइएको दृश्य अनौठो पनि लाग्छ । 'कोठामा यताउता गरेका बेला दुई/तीनपटक किताबको चाङमा ठोकिएन भने त अचम्मै हुन्छ,' स्टोरकिपर लक्ष्मण पोखरेलले हाँस्दै भने, 'अब त यो रासमा छिर्ने र पुस्तक खोज्ने बानी परिसकेको छ ।'

पोखरेलका अनुसार गोदाममा २०२२ सालमा प्रकाशन भएदेखिका पुस्तक थुपि्रएका छन् । संख्या मात्रै १ करोडको हाराहारी अनुमान छ । १० रुपैयाँदेखि ३ हजार रुपैयाँ मूल्यसम्मका पुस्तक थन्किएका छन् । उपन्यासकार धुव्रचन्द्र गौतमको उपन्यास 'मौन' देखि डायमण्ड शमशेरको 'धनको धब्बा' र कवि श्रवण मुकारुङको नाटक 'यलम्बर' सम्म थुपि्रएका छन् । सबैभन्दा बढी नबिक्ने र थुपि्रने सूचीमा कवितासंग्रह छन् । 'किरा, धमिरा र मुसाबाट जोगाउन औषधि पनि छर्कन्छौं,' पोखरेलले भने ।

साझाले बिक्रीका लागि किताब लिनुभन्दा पहिले प्रकाशक वा लेखकसँग सम्झौता गर्ने गरेको र सम्झौता गरेको तीन वर्षपछि बिक्री नभएका किताब फिर्ता लानुपर्ने सर्त रहने गरेको प्रशासन शाखाका प्रबन्धक धीरेन्द्रराज खनालले बताए । 'तर यो सम्झौताको कार्यान्वयन फाट्टफुट्टले मात्रै गर्ने गरेकाले यहाँ गोदाम भरिएको हो,' खनाल भन्छन् ।

साझाका अर्का एक कर्मचारीका अनुसार पटकपटक आफ्नो किताब लिन आउनुस् भन्ने सूचना प्रकाशन गर्दा पनि स्रष्टाहरू नआइदिनाले किताबको रास लागेको हो । लेखकहरूको ध्यानाकर्षण गर्नकै लागि भए पनि डोजर लगाएर गोदाम खाली गर्नुपर्ने स्थिति आइसकेको उनी बताउँछन् । 'तर पुस्तक जस्तोमा डोजर लगाउन पनि मिलेन,' उनले भने ।

गोदाम भरिनुमा लेखक, प्रकाशक तथा वितरक सबैको उत्तिकै कमजोरी रहेको साहित्यकार ध्रुवचन्द्र गौतमको भनाइ छ । साझाका पूर्वमहाप्रबन्धकसमेत रहेका गौतमले भने, 'सबै पुस्तक नबिक्लान् तर जति बिक्री हुनुपर्ने हो नहुनुमा साझाको वितरण प्रणाली उचित नहुनाले हो ।'

उनका अनुभवमा राम्ररी सुरक्षा नगरिदिने र बजारमा समयमा नपुर्‍याइदिनाले पनि पुस्तकको रास जमेको हो तर प्रकाशन शाखाका एक कर्मचारी भने बजारमा बिक्री नभएका र हुन नसक्ने पुस्तक गोदाममा बुझाइने 'बाध्यता' सुनाउँछन् ।

गोदाममा पुस्तक थन्किनेमध्येका कवि श्रवण मुकारुङ भने 'साझा प्रकाशनले स्वतन्त्ररूपमा पुस्तक प्रकाशन गर्नेलाई असमान व्यवहार गरेको' बताउँछन् । 'हाम्रा किताब बजारमा समयमै पुर्‍याइँदैन, प्रदशनीमा पनि राखिँदैन जब कि हाकिम, कर्मचारीका किताब भने ठाउँठाउँमा समयमै पुर्‍याइने गरेको छ ।'

लेखकको समस्या आफ्नै छ । 'आफ्ना किताब घरमा राखेर पनि के गर्ने ? बिक्री संयन्त्र छैन । मेरा केही पुस्तक साझामा थन्किएका होलान्,' उपन्याकार गौतमले भने । यता साझाका प्रबन्धक खनाल पनि स्रस्टाहरूको सहमतिमा गोदाममा थन्किएका पुस्तक पुस्तकालयलाई दिन सकिने सुझाव दिन्छन् । उनले साझाको दायित्वभित्र नभएका पुस्तक माग गरिएको अवस्थामा निःशुल्क दिन थालिएको पनि बताए । 'किरालाई ख्वाउन किन थुपार्ने ? पुस्तकप्रेमी संस्था र समुदायलाई बाँड्न थालेका छौं,' उनले भने । फेरि कवि मुकारुङ भने पुस्तकलाई बजारमै नपुर्‍याइ पुस्तकालयमा दिनु अर्को बदमासी हुने तर्क राख्छन् ।

गोदाममा 'जेल जर्नल' लगायतका केही बिकाउ पुस्तक पनि छन् जसलाई साझा कर्मचारीका अनुसार 'स्टक' मा राखिएको हो, गोदाममा थन्क्याइएको भने होइन ।

(Source:http://www.kantipuronline.com/kolnepalinews.php?&nid=185228)

Wednesday, March 18, 2009

Its Raining!!!! La..Lah...Lah...:)

Its raining...Its raining and its raining!


Ohhhh....so cool! This winter had passed without a drop of rain from the sky this year, claiming itself a title of 'driest winter ever!' but now with the start of Spring, rain God has finally given us what we all had been praying for! Thank God its raining...or may be it stopped now...not so sure but hey hey heyyyy....at least it rained....Now, for time being I am sure we will be able to breath in a fresh air and see some fresh greeneries around Kathmandu. Isn't that Cool, or what!


For few days the weather had been so gloomy and dusty, it was irritating everyone and had given headache (I mean literally!) to many of them. When I had left home for the usual, it was not so different from yesterdays. Whole day, I failed to notice anything extra-ordinary about weather than before (I was too busy teasing people around me...today, my hormone for teasing others was extra-active in the surface!). So, when I was out of Kantipur Publications heading for home this afternoon around 6:30, it was all windy and the sky was frighteningly dark but I felt so so happy...and I actually clapped and did the titanic-wing move right there, outside the gate. Then I saw the first lightening, it was so out-of-no-where I nearly had a stroke!


I called my brother Ajay to do shopping with me. I was constantly frightened by loud sound of thundering and of light traveling through the areas where there was load-shedding. So, when I found Ajay standing by the Kathmandu Mall I really felt releaved. But, as soon as we entered the Mall it started drizzling. When we finished our shopping it was raining pretty heavy...but we thought we should head for home as it was getting late. Now, as I am shivering with cold I am regreting the decision. The rain was so so chilling while driving in a motorcycle...On the way home, I saw people sheltering under trees and by the houses! All the black ditches on the typical Kathmandu road were filled with dirty water...when vehicles passed by those they made fountains of it...which was also one of the reason those walkers-by were all drenched from head to toe. Irritating part to say!

But, can you smell the soil, the mud, the Earth...the smell is so delightful and so so fresh...so good! I am happy...tomorrow it will not be a dusty and gloomy day!

Sunday, March 15, 2009

टुँडिखेलमा ताप्लेजुङ

स्मिता मगर

काठमाडौं, ओल्लो कुनामा मगमगाएको तोम्बा, पल्लोमा मुखै रसाउने बङ्गुरको भुटन र चौरको बीचमा लिम्बूहरूको नाँचौंनाचौं लाग्ने धान नाच । ताप्लेजुङको यो रंगरस शुक्रबार दिउँसो काठमाडौंको टुँडिखेलमा देखियो ।

शुक्रबार सुरु दुईदिनेे ताप्लेजुङ मेलामा सुदूरपूर्वी पहाडी जिल्लाका एक होइन, अनेक झलक देख्न पाइयो । याकको छुर्पी, हातबाट बनेका धागाका कपडा, जडिबुटी औषधिसहितका ७५ स्टल आफैंमा घुमिरहुँझैं थिए । पहिलो दिनमा नै टुँडिखेलमा ठूलो जमात उपस्थित थियो । सांस्कृतिक भेषभूषामा सजिएर आएका युवायुवती पनि हूलमा थिए । त्यही भिडमा धाननाच हेर्दै बङ्गुरको मासु स्वादिलो मानेर खाइराखेकी सोलुखुम्बुकी दिलकुमारी राईले भनिन्, 'ताप्लेजुङको मेला कस्तो होला भन्ने कौतूहल मेटाउन टुँडिखेलभित्र छिरेकी थिएँ, एकदम रमाइलो भइराखेको छ ।'

'ताप्लेजुङलाई चिनौं, ताप्लेजुङसँग रमाऔं' नारालाई अझ बुझाउँदै मेला संयोजक बलबहादुर तामाङले भने, 'ताप्लेजुङमा आन्तरिक तथा बाह्य पर्यटक आकषिर्त गर्न मेला आयोजना गरिएको हो ।' गत फागुन दोस्रो सातामा फुङलिङमै ताप्लेजुङ महोत्सव भए पनि अरू भेगका दर्शकको उपस्थिति त्यति नदेखिएकाले सबैलाई सुदूर थलो चिनाउन काठमाडौंमा अर्को मेला आयोजना गरिएको उनले बताए ।

मेलामा धाननाच नाचिराखेकी गायिका झुमा लिम्बूले जिल्लाका आफन्त भेट्न पाएकामा खुसी हुँदै भनिन्, 'धेरै समयपछि एकैपटक मेरा जिल्लाका यति धेरै आफन्तजन भेट्दै छु, खुसी लागेको छ ।' उनले यो मेलाले ताप्लेजुङका नयाँ कलाकारलाई नयाँ अनुभवका साथै जिल्लाबाहिरका दर्शकसामु चिनिने अवसर दिने बताइन् ।

मेलामा महिला र पुरुष दुवैको डोरी तान्ने खेल प्रतियोगिताले यता खेलाडीलाई मैदानमा उडेको धुलोले फुस्रैफुस्रो मात्र बनाएन, डोरी तान्दा लडिबुडी भएका खेलाडी र तिनलाई हेरिराखेका दर्शक पेट मिचिमिचि हाँसेका थिए । अर्कोतिर भने पुरुष भलिबल प्रतियोगिताको जोस र दुवै टिमले जित्नका लागि बगाएको पसिनाले दर्शकलाई घरिघरि ताली बजाउन बाध्य बनाएको थियो ।

मेलामा ताप्लेजुङका प्रतिभा मनोज गजुरेल, नवीन सुब्बा, दीपक लिम्बू, जुना प्रसाईंलगायतका कलाकारको जमघट भने शनिबार हुँदै छ ।

मेला प्रसारप्रचार समिति संयोजक टंक श्रेष्ठले तराई बन्दका कारण जिल्लाबाट आउनुपर्ने जति सामान नआएको बताए । 'सबै सरसामान हवाईमार्ग र एम्बुलेन्सबाट ल्याइएका हुन्, बेच्ने सामान त ल्याउनै पाइएन,' उनले थपे ।

Thursday, March 12, 2009

गोठभन्ज्याङमा क्याम्प-फायर

स्मिता मगर

ललितपुर, होली उपत्यकामा रहेका तराईमूलका बाहेकले मंगलबार मनाए । ठूलो जमात रंग दलादल र पानी छ्यापाछ्यापमा मस्त रह्यो । उपत्यका खाल्डामै रहेका तन्नेरीको अर्को जमात भने फागु मनाउन भिन्न उद्देश्यसाथ दलचोकी गोठभन्ज्याङमा थियो ।

पचास तन्नेरी करिब तीन घन्टाको कच्ची बाटो छिचोल्दै भट्टेडाँडानजिकैको मनोरम भन्ज्याङमा पुगेका थिए । अंग्रेजी लेखक टमस हार्डीको 'फार पmम द म्याडिङ क्राउड' मा भनिएझैं उनीहरू एकान्तमा बढी नै आनन्दित देखिन्थे ।

'फागु पूणिर्मा हर्ष र उमंगको उत्सव भए पनि उपत्यकामा पर्वका नाममा विकृति फैलेको छ,' तन्नेरीहरूलाई अगुवाइ गरेर दलचोकी पुर्‍याइसकेपछि युवा अभियानका उपाध्यक्ष रूख गुरुङले भने, 'त्यसको प्रतीकात्मक विरोध जनाउन यहाँ आएका हौं ।' विशेषतः सृजनात्मक कामसँगै कलासंस्कृतिको सम्मान गर्न दशकदेखि होली यसरी मनाउन थालेको उनले जानकारी दिए ।

राष्ट्रिय युवा सेवा र स्मार्ट क्लबको समेत सक्रियतामा जुटेको हूलमा दन्त चिकित्सकदेखि राष्ट्रिय फुटबल खेलाडी, मोडलदेखि विद्यार्थीसम्म थिए ।

लगनखेलमा मंगलबार बिहानै जुटेको जमात मध्याह्नतिर गन्तव्य पुगेको थियो । सुत्ने र खानेबस्ने चाँजो अभियानले स्थानीय बासिन्दाको घरमै मिलाएको रहेछ । तन्नेरीहरूले गुन्द्रुकको अचारले जिब्रो पड्काउँदै खाना खाए । भोटुडाँडाको हाइकिङमा रमाए । सल्ला र लालीगुँरासले भरिएको भोटुडाँडाको टुप्पाबाट उपत्यकाको क्रंक्रिट जंगल देखिए पनि सहभागीहरू वीरगन्ज सहरतर्फ लालायित भए तर तुवाँलोले तराईको औद्योगिक नगरीलाई ढपक्क ढाकेको थियो ।

घुमघामपछि गोठभन्ज्याङ पुग्नुको खास काम सुरु भयो ।

युवाहरू भोटुडाँडाबाट अलि तल मनकामना मन्दिरमा झरे । मन्दिर पु+mग उडेको थियो । साथै ल्याएको पेन्ट, चुना, कुचोले उनीहरू मन्दिरका भित्ता उजिल्याउन थाले ।

'गोरखाको मनकामनाकै प्रतिरूप मानिने यो मन्दिरमा वैशाखमा मेला लाग्ने भएकाले गाउँलेले रंगरोगन गर्न आग्रह गरेका थिए,' युवा अभियानका महासचिव विपिन पोखरेलले भेद खोले । सहरी युवालाई गाउँले जीवनको झल्को दिनु पनि उद्देश्य रहेको उनले बताए ।

तन्नेरीहरूले मन्दिर परिसरमा सरसफाइ पनि गरे । विगतमा अभियानले ललितपुरको बिष्टाछाप गाउँमा बाटो खन्ने, खेलमैदान, पानीट्यांकी बनाउने गरेको रहेछ ।

'साह्रै रमाइलो भयो,' एनआरटीका फुटबल खेलाडी बालगोपाल साहुखलले भने, 'थप सामाजिक काम गर्नुपर्ने थियो ।'

युवा जमघटबाट दलचोकी गाविसका निवर्तमान अध्यक्ष रामशरण आलेमगर पनि कम उत्साहित थिएनन् । 'यिनले हाम्रो गाउँको विकासमा लाग्न हौस्याएका छन्,' उनले सुनाए ।

दलचोकी गाउँ जान प्रत्येक सहभागीबाट ४ सय रुपैयाँ लिइए पनि आनन्द र उत्साहसामु त्यो नगण्य भएको प्रत्येकको अनुहारले बताइरहेको थियो ।

उपत्यका खाल्डाबाट 'पहिलोपल्ट बाहिर निस्केकी' काठमाडौंकी नर्सिङ विद्यार्थी प्रविना कर्माचार्य दलचोकी जाने बाटामा लालीगुराँस हेर्नमा मग्न थिइन् । 'एकदम रमाइलो लागिराखेको छ । प्रकृति र गाउँले जीवनको मज्जा लिँदै होली फरक तरिकाले मनाउन पाइयो,' उनले भनिन् ।

तन्नेरीले डन्डीबियोलगायतका खेलबाट पनि आनन्द उठाए । मध्यरातमा गितार र मादल
बजाए, गीत । मंगलबार रात पूर्णेको जून उदाएपछि क्याम्पफायर सुरु भयो जसले झनै लोभ्यायो । क्याम्पफायरको तातोमा दोहोरी खेल्ने र आलु पोलेर खानेहरू पनि रौसिए ।

(source: www.ekantipur.com)

Monday, March 9, 2009

Poem and Others!!!!



I Can't be Her

Sita? Nay, nay, I'm not.
I can't be her
Nor do I ever bother to be
In this era which is devoid of Rama

I'd like to be my won
Mind and Spirit,
Go on the path I make for self
As determined as Sisyphus, I
Can't dance in other's tune

She, made by the minorities of the present
Prides in what they crowned her with
While the majority of the present, do
Pride in the self-made I

I am not Sita for
There is no Rama for her.
A self-made I, Can't
Toe the line of others.




(This poem is from my upcoming Poetry Book! It is translated from "Ma Sita Hoina" by my teacher 'Keshab Sharma'; the most amazing Literature teacher I ever had ---)



Its been long...many months since I last updated my blog. Many reasons behind it...apart from the obvious reasons like --- network problems and loadshedding....my lazy-bone had some extreme urge to be lazier this season. I apologize to my regular visitors for not updating.


I am very thankful to lots of commentators who really made my lazy bone to give-up on its greap! Thank you so much for your suggestions and all the comments that encourages me to go on doing things that I love! I hope you will be there in my coming future as well! I am grateful for all your precious time and comments!



Ummm....lately, I have been doing nothing of importance. I stayed home, dreamt a lot (I love sleeping), gained some weight (I am not complaining! :P) and enjoyed reading amazing novels. I do not regret it because now I am full of energy...I think I will complete what I have planned to. --- Just joined Kantipur daily as in intern (again for my Bachelors - 3rd Years - Practical in Journalism). Enjoying it...the environment is very lively inside the Kantipur hall!


Also, I am going to MOON CAMP tomorrow to celebrate HOLI - festival of colours! It is organized by Youth Initiatives. It is going to be my second lovely experience. I will write about it when I come back from Battedanda on Wednesday! In detail --- its a promise!